रोटी किनेर घर पर्किदै गरेका पत्रकारको गोली हानी हत्या

काठमाडौं /  युक्रेनको किभमा कार्यरत एक रुसी पत्रकारको गोली हानी हत्या भएको छ ।

रुसका ४१ बर्षीय पत्रकार अरकादी बाब्चेन्कोको बिवारमै गोली हानी हत्या भएको हो । उनको श्रीमती घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेकी थिइन । रोटी किन्न गएका समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा उनलाई गोली हानेको सुरक्षाकर्मीको दाबी छ । घटना लगत्तै उपचारका लागि लैजाने क्रममा एम्बुलेन्समै उनको निधन भएको हो । रुसको सैनिक बिमान दुर्घटनापछि आफुलाई हत्याको धम्की आउने गरको खुलासा आरकादीले गरेका थिए ।

युद्वसम्बन्धी समाचारका संबाददाता आरकादी शरुमा प्रागमा कार्यरत थिए । उनी पछिल्लो समय युक्रेनको एटीआर टीभीका प्रस्तोताका रुपमा कार्यरत थिए ।
उनी रुसका दक्ष पत्रकारको रुपमा परिचित थिए । घटनामा संलग्नहरुको खोजी भईरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्