माछा मार्न गएका युवा खोलामै बेपत्ता

 -पदम श्रेष्ठ


ताप्लेजुङ, १६ जेठ / ताप्लेजुङ र पाँचथरको सिमा भएर बग्ने काबेली खोलामा माछा मार्न गएका एक  युवा बेपत्ता भएका छन् ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका १ बस्ने अन्दाजी ३० बषर्का मदन राई माछा मार्ने क्रममा बेपत्ता भएका हुन् ।

गएको सोमबार विहान खाना खाएर काबेली खोलामा एक्लै माछा मार्न हिडेका मदन हिजो सम्म घर नफर्केपछी खोजी कार्य गर्दा उनले लगाएको कपडा, पर्स, मोबाईल र झोला फेला परेकाले माछा मार्ने क्रममा खोलाले बगाएको आसंका गरीएको र सोमबारनै प्रहरी लाई खबर गरीएको परिवारीक श्रोतलाई उदृत गर्दै स्थानिय युवराज लङ्वाले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्