रियल म्याड्रिड जाने वाइयात हल्ला – नेयमार

लन्डन , / ब्राजिलका सुपर स्टार नेयमारले अर्को सिजन रियल म्याड्रिड जाने हल्ला वाइयात भएको बताएको छ ।

 

फाइल तस्बिर

बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको केहि महिनापछि नै उनी रियल जाने हल्ला सुरु भएको थियो । चोट ठिक भएर पूर्ण रुपमा खेल्नका लागि तयार हुने प्रतिक्षामा रहेका बेला यस्ता हल्ला अनावश्यक भएको उनले तर्क गरेका छन् ।नेयमारले भने – म अहिले ब्राजिलियन टोलीमा केन्द्रित छु, मान्छेहरु अनावश्यक हल्लालाई जवाफ दिन आवश्यक छैन ।
उनले सतप्रतिशत ठिक भएर मैदान फर्कन अझै केहि समय लाग्ने बताएका छन् ।

शारीरिक रुपमा म ठिक छु । मेरो खुट्टा पनि ठिक छ । मलाई अझै केहि अप्ठेरो भने छ, उनले भने – धेरै ठूलो समस्या नभएपनि सत प्रतिशत ठिक हुन बाँकी छ । विश्व कपका लागि अझै केहि समय बाँकी रहेकाले त्यति बेला सम्म पूर्ण रुपमा ठिक हुनेमा उनी आशावादी छन् । सुपर स्टारहरु सम्मिलित ब्राजिललाई विश्व कपको बलियो दाबेदार मध्ये एकका रुपमा हेरिएको छ । यद्दपी छैटौं पटक ब्राजिल विश्व कप विजेता बन्नका लागि नेयमार भने ठिक हुन आवश्यक रहेको तर्क छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्