रोनाल्डोको फोटो बिना जर्सी सार्वजनिक – रियल म्याड्रिड

म्याड्रिड , / म्याड्रिडका स्टार फवार्ड क्रिस्टियानो रोनाल्डोले भानेका छन , रियलमा रहनु मेरा लागि उत्कृष्ट रह्यो । अबको केहि दिनमा म आफ्ना बारेमा समर्थकलाई जानकारी दिनेछु ।

फाइल तस्बिर

अर्को सिजन प्रयोग गर्ने जर्सी सार्वजनिक गर्ने कार्यक्रममा अनुपस्थित रहेका छन् । पाँच वर्षमा चौथो पटक च्याम्पियन्स लिग जितेको रियलको जर्सी सार्वजनिक गर्दा रोनाल्डो अनुपस्थिति रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । टोलीले च्याम्पियन्स लिगको उपाधि जितेकै दिन रोनाल्डोले रियल छाड्ने संकेत गरेका थिए । विगतका केहि सिजनभन्दा यस सिजन प्रशिक्षक जिदानले रोनाल्डोलाई धेरै विश्राम दिएका थिए । रोनाल्डो खेल मैदानमा बढी समय बिताउन नपाएकाले रियल छोड्ने मनस्थितिमा पुगेको बुझिएको छ ।

रियलमा रहने विषयमा शंका रहेकै बेला रोनाल्डो जर्सी सार्वजनिक गर्दा रोनाल्डोको फोटो थिएन । होम र अवे जर्सी मंगलबार सार्वजनिक गर्दा टोलीको पहिलो रोजाइका खेलाडी मध्ये उनी एक मात्र खेलाडी हुन् । टोलीका अन्य सबै खेलाडीको फोटो नयाँ जर्सीमा रहेको छ । यद्यपी रोनाल्डोको सम्झौता अझै केहि वर्षलाई बाँकी छ । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्