बुवा अमिर खान माथि चढेर मस्ती गर्दै छोरी इरा, फ्यानले गरे अश्लील कमेन्ट

एजेन्सी / बलिउड अभिनेता अमिर खान फिल्म बाहेक अन्य विषयमा विवादभन्दा टाढै रहन्छन्। तर प्रत्येक पटक उनी कुनै न कुनै कारण चर्चामा रहिरन्छन्। पछिल्लो समय पनि यस्तै भएको छ। अमिर खान ट्रोलिङको शिकार भएका छन्। केही दिन अगाडि अमिर खानले आफ्नी छोरी इरा खानसँग स्पार्टी मुडमा एउटा फोटो सामाजिक संजालमा शेयर गरेका छन्। उक्त फोटोमा इरा अमिर खान माथि बसेकी छन्। र अमिर खान छोरी इरासँग खेल्दै गरेको देखिएका छन्। तर उनका फ्यानलाई अमिरको यो काम मन परेन।

ट्रोलर्सले अमिरको फोटोमाथि अश्लील कमेन्ट गर्न सुरु गरिहाले। उनीहरुले रमजानका क्रममा अमिर खानले यस्तो फोटो शेयर गरेर गल्ती गरेको कमेन्ट गरेका छन्। त्यतिमात्रै होइन, बुवा छोरीको सम्बन्धलाई लिएर पनि उनीहरुले अश्लील कमेन्ट गरेका छन्। एक युजरले लेखेका छन्, ‘अमिर सर रमजानलाई त ख्याल गर्नुस्। इरा तपाइँकी छोरी हुन्। उनलाई रमजानका बेलामा राम्रो कपडा लगाउन सिकाउनुस्।’

जहाँ अमिर खानलाई लिएर अश्लील कमेन्ट आइरहेका छन्, त्यँही कतिपयले अमिरको बचाउ पनि गरेका छन्। अमिरले सामाजिक संजालमा फिल्म ‘कयामत से कयामत तक’ का निर्देशक मन्सुर खानको ६० औं जन्मदिनको अवसरमा उक्त फोटो शेयर गरेका थिए।

अमिर खान यतिबेला फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को शुटिङमा व्यस्त छन्। यो फिल्मको शुटिङ सकिएपछि अमिर खानले महत्वकाँक्षी प्रोजेक्ट ‘महाभारत’ मा काम गर्ने अनुमान गरिएको छ। यो फिल्म १००० करोड बजेटमा निर्माण हुने र अमिर खानले यो फिल्ममा कृष्णको रोल निभाउने भारतीय संचारमाध्यमले जनाएका छन्। अमिर खानले द्रोपदीको रोलका लागि दीपिका भन्दा अर्को व्यक्ति फिट हुन नसक्ने बताइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्