कियाचु फुङ्लिङ नगरमा मादेन

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, १७ जेठ / किराँत याक्थुङ चुम्लुङ फुङ्लिङ नगर कार्यसमिति ताप्लेजुङको अध्यक्षमा सागर मादेन निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न नगर समितिको प्रथम अधिवेशनले मादेनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

               नवनिर्वाचित कियाचुको नगर कार्यसमिति । तस्बिर : प्रयास ।

कार्यसमितिको उपाध्यक्षमा प्रज्ञा इजम, सचिवमा ज्ञानुहाङ फुरुम्बो, सहसचिव प्रताप पालुङ्वा र कोषाध्यक्षमा नरेन्द्र मादेन चयन हुनुभएको छ । सदस्यहरुमा सकुन्तला इजम, पदम लिम्बू, जयप्रकाश लिम्बू, चन्द्रकुमार लिम्बू, खड्ग लाबुङ, लोकेन्द्र तुम्बाहाङ्फे, कविता नेयोङ, तेञ्जी मादेन, सृष्टि मादेन, अमृत पालुङ्वा, विजिता चोङ्बाङ र कालीबहादुर लिम्बू रहनुभएको छ ।

किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको उपस्थितिमा नगर अधिवेशन सम्पन्न भएको हो । कियाचुको जिल्ला अधिवेशनको तयारी स्वरुप हाल नगर, गाउँ तथा वडास्तरीय अधिवेशनलाई तीब्रता दिएको जिल्ला अध्यक्ष प्रेमकुमार सेलिङ (संगम) ले बताउनुभयो । लिम्बू समुदायको जातीय संस्थाको रुपमा रहेको कियाचुको नगर, गाउँ र वडा अधिवेशनहरु सम्पन्न गरेर चाँडै जिल्ला अधिवेशन गरिने सेलिङले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्