फिफा विश्वकप १३ दिन बाँकी – इतिहासकै आक्रमक रणनीति

मस्को, / विश्वकपमा कप्तान लियोनल मेस्सीसँगै युभेन्ट्सका फरवार्ड गोन्जालो हिगुआइन र पाउलो डीबाला ,म्यानचेस्टर सिटीका स्टार सर्जियो अगुएरोको अनुभवले टोलीलाई अझै बलियो बनाएको छ ।

फाइल तस्बिर

अर्जेन्टिनी टोलीको सबैभन्दा बलियो पक्ष भनेकै आक्रामक खेलाडीको बेजोड उपस्थिति हो । सेभियाका पूर्व प्रशिक्षक जोर्गे साम्पाओली अहिले अर्जेन्टिनाको राष्ट्रिय टोलीको जिम्मेवारीमा छन् । उनी विश्व फुटबलमा नयाँ रणनीति अबलम्बन गर्न प्रख्यात प्रशिक्षकका रुपमा गनीन्छन् । साम्पाओलीले अर्जेन्टिनाको पहिलो खेलमा ब्राजिलविरुद्ध १(० को जित दर्ता गर्दा नयाँ रणनीति ल्याएका थिए । उनले उक्त खेलमा २/३/३/२ को नयाँ रणनीति अपनाएर विपक्षीलाई पनि अचम्मित तुल्याएका थिए ।

यदि साम्पाओलीले २/३/३/२ को पद्दतिमा खेलाए टोलीमा उपलब्ध सबै फरवार्डले पहिलो रोजाईमै खेल्न सक्ने संरचना बन्नेछ । अग्रपंक्तिमा लिओनेल मेस्सी र सर्जियो अगुएरो रहनेछन् । त्यसपछि तीन आक्रामक मिडफिल्डरको भूमिका एन्जल डी मारिया, पाउलो डिबाला र गोन्जालो हिगुआइन् मध्यका दुई खेलाडी हुनेछन् । युवा खेलाडी जिओभानी लो सेल्सो र म्यानुएल लान्जिनी पनि अवसरको खोजीमा हुनेछन् ।

गोलकिप – नाहुल गुज्मन, विली क्याबालेरो, फ्रान्को अर्मानी ,डिफेन्डर- फेडेरिको फाजियो, निकोलस ओटामेन्डी, ग्याब्रियल मर्साडो, मार्कोस रोजो, निकोलास टाग्लियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी, इडुवार्डो साल्भियो,मिडफिल्डर – जेवियर मास्चेरानो, एवर बनेगा, लुकास बिलिया, एन्जल डी मारिया, म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, फरवार्ड -लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोन्जालो हिगुआइन हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्