कुलत विरुद्ध चेतना फैलाउन विद्यार्थी सडकमा

-अरुण पोष्ट संबाददाता

ताप्लेजुङ, १८  जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दुई साताअघि लागूऔषध तथा दुव्र्यसनको कुलतमा युवा जमात फस्दै गएको निस्कर्षसहित कुलतको बिरुद्धमा कडा रुपमा प्रस्तुत हुने जनायो । कुलत रोक्नलाई चेतना बिस्तारको क्रियाकलाप गर्ने साथै लागूऔषध प्रयोगकर्ता माथि निगरानी बढाउने योजना बनाएको प्रहरीले जानकारी दिएको थियो । यसरी प्रहरीले सुरु गरेको अभियानलाई सघाउ पु¥याउने उद्देश्यसहित जिल्लाको एक संस्थागत बिद्यालयले दुव्र्यसन बिरुद्ध बिद्यार्थीलाई सडकमा उतारेको छ ।

                                        कुलत विरुद्ध चेतना फैलाउन हिँडेका अक्सफोर्डका शिक्षक तथा विद्यार्थी । तस्बिर : प्रयास ।

युवा उमेरमै धुम्रपानको नियमित प्रयोग गर्नाले लागूऔषध दुव्र्यसनी बन्न प्रेरित गर्ने ठहरसहित सदरमुकाम फुङ्लिङस्थित अक्सफोर्ड मोडल इङ्लिस बोर्डिङ स्कूलले बिद्यार्थीलाई धुम्रपान बिरुद्ध चेतना छर्न सडकमा उतारेको हो । सो विद्यालयले फुङ्लिङ नगरका बिभिन्न भागमा धुम्रपानको नियमित सेवनले हुने मानवीय जोखिम र यसको कुलतबाट बच्ने उपायबारे तस्बिरसहित जानकारी गराएको थियो । कक्षा ८ देखि १० सम्मका बिद्यार्थी र शिक्षकहरुले नगरका बिभिन्न चौकचौकमा धुम्रपानको कुलत बिरुद्ध सचेतना दिएका थिए ।

बिद्यालयका प्रिन्सिपल गणेश सिग्देलका अनुसार बिद्यार्थीहरुले धुम्रपानको नियमित सेवनबाट मानव स्वास्थ्यमा पर्ने असर र प्रभाव झल्कने गरी चित्रित गरेका तस्बिरसहित धुम्रपानको कुलतमा नफस्न युवाहरुलाई कार्यक्रममार्फत जानकारी गराइएको थियो । धुम्रपानको नियमित सेवनले मान्छेको मुटु तथा कलेजोमा गर्ने असरका बारेमा बिद्यार्थीले कोरेका चित्रसहित बिद्यार्थी र शिक्षक दुबैले कुलतमा लाग्नबाट बच्न सन्देशमुकल कार्यक्रम गरेका थिए ।
“युवा पुस्तालाई लागूऔषध दुव्र्यसनी बन्नका लागि धुम्रपानको नियमित सेवन मुख्य आधार रहेको पाइएपछि त्यसबिरुद्ध चेतना बिस्तारका लागि शिक्षक र बिद्यार्थी संगठित भएर सडकमै सन्देश दिन थालेका हौ” बिद्यालयका प्रवन्धक राम नेयोङले भन्नुभयो । नेयोङका अनुसार युवा पुस्ता स्वयम्ले आफुजस्तै उमेरका अरुलाई कुलतमा नफस्न दिएको सन्देश उपयोगी र हितकर छ ।

निजी तथा आवासीय बिद्यालयहरुको संगठन प्याब्सनका केन्द्रीय सदस्य युवराज गिरी काँचो माटो जस्तै रहेको युवा पुस्ता बेलैमा धुम्रपानको कुलतमा फसेमा दुव्र्यसनी बन्न सघाउने भएकोले कुलतबाट बचाउन जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । गिरीले आफ्ना नानीहरुलाई कुलतबाट जोगाउन शिक्षक, बिद्यार्थी र अभिभावकको सामुहिक प्रयास सार्थक हुने विश्वास लिनुभयो ।

यस्तै प्याब्सनका जिल्ला अध्यक्ष इन्द्रकुमार गुरुङ धुम्रपानबाट सुरु भएको कुलत लागूऔषधसम्म पुग्ने भएकोले युवा पुस्तालाई यसबाट जोगाउन समाजका अगुवा वर्गको मुख्य दायित्व सम्झनुहुन्छ । गुरुङले आफ्ना नानीहरुको दैनिकीबारे घरका अभिभावकले दश मिनेट मात्र ध्यान दिने हो भने पनि कुलतमा फस्नबाट जोगाउन सकिने बताउनुभयो । पढ्ने उमेरका बालबालिका धुम्रपान र मध्यपानको कुलतमा फसे उसको शैक्षिक यात्रामा पूर्ण बिराम लाग्न सक्ने भएकोले यस बिरुद्ध शिक्षक, बिद्यार्थी, अभिभावक र समाजको प्रबुद्ध वर्ग चनाखो र सावधान बन्नुपर्ने उहाँले बताउनुभयो ।

चियासँग चुरोटको चुस्की तान्ने बानीले थप निखारता लिँदै जाँदा उसमा कुलतको सम्भावना बढेर जाने भन्दै त्यस बिरुद्ध समुदायका सदस्यलाई जानकारी गराउन बिद्यालय तहबाटै अभियान थालिएको बिद्यालयका शिक्षक राकेश दाहालले बताउनुभयो । संस्थागत बिद्यालयको सामाजिक उत्तरदायित्व अभियान सुरु भएको यस्ता चेतनामुलक कार्यक्रमलाई अरु बिद्यालयले पनि साथ र सहयोग गर्ने लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल समेत रहनुभएका प्याब्सन केन्द्रीय सदस्य गिरीले प्रतिबद्धता जनाउनुभएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्