आईएलओसम्बन्धी एकदिने अनुशिक्षण सम्पन्न

ताप्लेजुङ संबाददाता

ताप्लेजुङ, १८ जेठ  / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने आठ आदिवासी जनजातिका जातीय संस्थाका अगुवाहरुका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ का बारेमा जानकारी गराउन शुक्रबार आयोजित एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

                                                अनुशिक्षण उद्घाटनका अथितिहरु ।

आदिवासी जनजाति महासंघ फुङलिङ नगर समन्वय परिषद्को आयोजनामा भएको कार्यक्रममा फुनपा वडा नं. ५ का निर्वाचित वडाका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा आईएलओ १६९ का सन्दर्भमा अधिवक्ता राम नेयोङ् र पाथीभरा क्याम्पसका अध्यापक मानसिंह राईले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा फुनपा वडा नं. ५ की वडाध्यक्ष भीमादेवी ओझा तथा सदस्यहरु सुरेश सिंघक, प्रेम विश्वकर्मा, मनमाया नेपाली र दिलु श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष भद्रकुमार बोखिमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिषद्का निवर्तमान जिल्ला अध्यक्ष यीगेन्द्रकुमार गुरुङ लगायत बिभिन्न जातीय संस्थाका अगुवाहरुको सहभागिता रहेको थियो । फुनपा वडा नं. ५ को आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का उपाध्यक्ष वाङ्गे शेर्पाको अध्यक्षतामा भएको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्