सरकारमा दुई उपप्रधानमन्त्री थपिए, सञ्चार तथा सूचना राज्यमन्त्री बास्कोटाको मन्त्रीमा बढुवा

काठमाडौँ, १८ जेठ/ नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थिति थियो । तस्वीर ः प्रदिपराव वन्त, रासस                                                                                                                                                                                                                             यसअघि उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री मात्रै हुनुहुन्थ्यो भने मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना राज्यमन्त्री हुनुहुन्थ्यो । यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसक्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो । 

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले भण्डारीले आजै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बास्कोटालाई राज्यमन्त्रीबाट बढुवा गर्नुभएको हो । नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध हुनुहुन्छ । यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नुभएको थियो ।  रासस


प्रतिक्रिया दिनुहोस्