अब रकम दिएर सनी लियोनीसँग २ घण्टा विताउन सकिने

एजेन्सी /  पोर्नस्टारबाट बलिउड क्षेत्रमा आएकी सनी लियोनीका फ्यानले अब रकम तिरेर उनीसँग लन्च गर्न सक्ने भएका छन्।

जसका लागि तोकिएको रकम तिर्नु पर्नेछ। रकम तिरेपछि लन्चका क्रममा बढीमा २ घण्टा उनीसँग विताउन सक्नेछन्। पछिल्लो समय सनी चलचित्रसँगै सामाजिक कार्यक्रमा पनि सक्रिय छिन्। उनी एक अभियानका क्रममा क्यान्सर सोसाइटी तथा पेटालाई सहयोग गर्न चाहन्छिन्। त्यसका लागि उनले आफ्ना फ्यानका लागि यस्तो घोषणा गरेकी हुन्। त्यसका लागि उनले एक फ्यानलाई छान्ने छिन् र उनीसँग दुई घण्टा लन्चसहितको समय विताउने छिन्।

सबै भन्दा बढी रकम दिने फ्यानसँग सनीले दुई घण्टा विताउने छिन्। उक्त क्रममा उनको करिब २५०० डलर कमाउने योजना छ। सनीसँग लन्च गर्ने व्यक्तिले एक तस्वीर र एक अटोग्राफ पनि लिन सक्ने छन्। उक्त भेट लस एन्जेल्समा हुनेछ। उनीसँग भेट गर्ने व्यक्ति १८ वर्ष उमेर माथिको हुनु पर्नेछ।


प्रतिक्रिया दिनुहोस्