जर्मनी अष्ट्रियासँग पराजित

भियना , /  विश्वकपको मैत्रिपूर्ण खेलमा विश्वकप विजेता अष्ट्रियासँग २-१ ले पराजित हुन पुग्यो । अष्ट्रिया यस पटकको विश्वकपमा छनोट हुन सफल भएको थियो ।

फाइल तस्बिर

मौसम खराबका कारण खेल केही समय ढिलो सुरु भएको थियो । खेलको एघारौं मिनेटमा अष्ट्रियाका गोलकिपरको गल्तीलाई सदुपयोग गर्दै मेसुट ओजिलले जर्मनीलाई अग्रता दिलाएका थिए ।  दोस्रो हाफमा घरेलु टोलीका मार्टिन हिन्टरगरले बराबरी गोल गरे ,  ६९ औं मिनेटमा अलेसान्डो स्कुप्फले विजयी गोल गर्दै जर्मनीलाई निराश पारे ।

त्यस्तै प्रशिक्षक जोकिम लोले म्याट हमेल्स, टोनी क्रुस र थोमस मुलर जस्ता अनुभवी नामलाई यस खेलमा विश्राम दिएका थिए । मेक्सिको, स्विडेन र दक्षिण कोरियासँग समूह ‘एफ’ मा रहेको जर्मनीले आफ्नो अन्तिम मैत्रीपूर्ण खेल साउदी अरेबियासँग जुन ८ मा खेल्ने छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्