महिलाको शव फेला

राजविराज, / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ ।

फाइल तस्बिर

हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

 


प्रतिक्रिया दिनुहोस्