‘पनुनुमा तरेमेन’को वर्ल्ड प्रिमियर भब्य रुपमा सम्पन्न (भिडियो सहित)

काठमाण्डौं / पनुनुमा तरेमेन, रोमान्टिक लिम्बू गीतको वर्ल्ड प्रिमियर हङकङमा किरात याक्थुङ चुम्लुङ हङकङ चुम्लुङ हिमबाट सोही संस्थाको अध्यक्ष सुश्री आशली वनेम ज्युको बाहुलीबाट ३ जुन २०१८ मा भएको छ।

सिङ्गापुर पुलिसमा कार्यरत श्रष्टाद्वय गीतकार/संगीतकार हाङ्पाल आङ्बुहाङको शब्दमा गीतकार स्वयं र गायकर संगीतकार सेमिहाङ सिङ्गकद्वारा संगीतबद्ध गीतमा चर्चित गायक ब्रबिम सेर्मा र गायिका सुनिता थेगिमको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियो (Nesun Productions) युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

चर्चित भिडियो निर्देशक युगल पोमोको निर्देशनमा निर्मित उक्त भिडियो हङकङको विभिन्न रमणीय स्थलहरुमा छाँयाङ्कन गरिएको छ । मौसम ईम्बुङ लिम्बू र रेश्मा सम्बाहाङ्फेले मुख्य भूमिका निर्वाह गरेता पनि हङकङका दर्जनौं कलाकारहरुले पनि सहायक भूमिकामा अभिनय गरेको उक्त भिडियोलाई ज्याप स्टुडियो हङकङका बिक्रम गुरुङले छाँयाङ्कन गरेका हुन् ।

सिङ्गापुरे फेन्सी सप जोर्डनकि नाम्लिङ ओख्राबोको ड्रेस डिजाईन तथा नेपाल ज्वेलर्स जोर्डन, नमस्ते ज्वेलर्स हङकङ, झर्ना पंधाक, नैना वनेम र असारमी ओख्राबोले गरगहना डिजाइन गरेका छन् । बिकाश धमलाको सम्पादन रहेको उक्त भिडियोको सुटिङ व्यवस्थापन हेमराज अन्छङ्बोले गरेका छन् भने सुनिता लावतीले निर्माण गरेकी हुन् । समग्रमा सिङ्गापुर, हङकङ र नेपालको त्रिकोणात्मक काम पनुनुमा तरेमेन अब्बल भिडियो बनेको कुरा उक्त कार्यक्रममा उपस्थित दर्शकहरुको प्रतिक्रिया रहेको थियो ।

  पनुनुमा तरेमेनको भिडियो 

http://https://www.youtube.com/watch?v=gkmFwN-CmE8


प्रतिक्रिया दिनुहोस्