‘कति राम्रो पुर्वको ताप्लेजुङ’ बोल गितको भिडियो सार्वजनिक हुदैँ

काठमाडौँ, २१ जेठ / आठ वर्ष अगाडि र्रेर्डिङ भएको गायक सन्तोष तोलाङको ‘कति राम्रो पुर्वको ताप्लेजुङ’ बोलको गितको म्युजिक भिडियो बनेको छ।

चर्चित निर्देशक जर्न कुमार राईको निर्देशनमा बनेको यो भिडियो पुर्बि ताप्लेजुङको विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुमा छांयाङ्कन भएको हो । युवा ब्यावसायी सजल पौडेलको एकल लगानिमा बनेको यो भिडियोमा पौडेल आफैले कलाकार कबिता मादेन, पदम श्रेष्ठ र निशा गुरुङसँग अभिनय गरेका हुन भने गायीका जशोदा सुब्बा र गायक सन्तोष तोलाङको स्वर रहेको छ ।

कलाकार सजल पौडेलको भनाइ अनुसार यो भिडियोले समग्र ताप्लेजुङ जिल्लाको पर्यटन उजागरणको निमित्त थप एउटा ईटा थप्ने बिस्वास व्यक्त गर्नु भएको छ । यो भिडियोको सम्पुर्ण छायांकन र सम्पादन कार्य सकिएकोले अबको केहि दिनमा  नै युट्यूव मार्फत भिडियो सर्बजनिक हुने भएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्