बेलायतमा जनावर तथा पक्षीको भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै प्रदर्शन

लण्डन / बेलायत सरकारले भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्धमा जनावर अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । बेलायतको संसद् अगाडि झण्डै एक सय जना अधिकारकर्मीहरूले सोमबार सरकारी निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन् । ‘भुत्ला आयात खुल्ला गर’ अभियान चलाएका उनीहरुले त्यससम्वन्धी व्यानर, फोटोलागयत प्रदर्शन गरेका थिए ।

बेलायतमा चीन, फ्रान्स, पोल्याण्ड, क्यानडालगायत १५ देशबाट भुवा तथा छालाजन्य सामग्रीहरु आयात हुने गरेको थियो । सरकारको निर्णयका विरुद्धमा चार लाख जनाले हस्ताक्षर गरेर प्रधानमन्त्री टरिजा मेलाई बुझाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्