जापानमा ३० लाखमा बिक्री भयो एकजोडी खर्बुजा

एजेन्सी / सुन्दा अचम्म लाग्छ । जुन कुरा सुन्दैमा जो-कोहीले पत्याउनै सक्दैनन्। खर्बुजाको मुल्य तीस लाख भनेर । नेपालमा त यसको मुल्य बजारमा बढीमा पाँच सयसम्म पर्न सक्छ । नत्र सबैभन्दन सस्तो मुल्यमा बिक्री हुने भनकै खर्बुजा हो। विश्वमा नै खर्बुजालाई सामान्य मान्छन्। यसको चर्को मुल्य हुन्छ भनेर कसैले पनि पत्याउदैनन् । तर जापानमा खर्बुजाले नयाँ रेकर्ड तोडेको छ। जसले विश्वकै ध्यान तानेको छ । एक जोडी खर्बुजाको मुल्य लक्जरी कारको बराबर पुगेको छ।

२९ हजार तीन सय डलर अर्थात् करिब ३१ लाख ३५ हजार रुपैयाँमा बिक्री भएको हो। उक्त खर्बुजा एक फर्मले ‘स्टेट्स सिम्बल’को रुपमा किनेको हो। जापानका बिभिन्न क्षेत्रमा खर्बुजालाई लक्जरी फल मानिन्छ । त्यसैले यसको मुल्य बढी महंगो हुने गरेको छ। किसानहरुले यसलाई बिभिन्न आकारमा उत्पादन गर्छन् । उत्पादन गर्न पनि भरपुर मेहेनत गर्छन्।होक्काइडो नामक यी खर्बुजा जापानमा निकै लोकप्रिय छन्।


प्रतिक्रिया दिनुहोस्