चारकिलोमा पहिरो फेरी पहिरो नारायणगढ-मुग्लिन सडकखण्डमा एकतर्फी यातायात संचालन

चितवन/ नारायणगढ –मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक एकतर्फी मात्रै खुलेको छ । यो ठाउँमा अहिले आलोपालो गरि एकतर्फी मात्र गाडी संचालचनमा आएको ट्राफिक प्रहरीले जनाएको हो । चारकिलोमा बिहान ५ बजेतिरको समयमा पहिरो खसेको र पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको हो । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिनअघि मात्रै पहिरो खस्दा तीन घण्टा यातायात अवरुद्ध भएको थियो।
यस अघि पनि यो क्षेत्रमा पटक–पटक पहिरो खस्ने गरेको थियो । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत काली खोलाको भागलाई निकै जोखिमयुक्त क्षेत्र मानिन्छ ।


प्रतिक्रिया दिनुहोस्