आजदेखि हवाई उडान पुन सुचारु

भोजपुर, / आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ ।

 फाइल तस्बिर 

नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडाँैको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । बढेको भाडासहित काठमाडौँ भोजपुरको भाडा पाँच हजार १३० पुगेको छ ।

गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो । निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार हप्तामा चार दिन उडान भर्ने गरेको छ । हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्