श्रीमानले यौन उत्तेजक औषधी किनेको श्रीमतीले थाहा पाएपछि मच्चियो बबाल

एजेन्सी / अमेरिकामा एक व्यक्तिले एक औषधी बिक्रेता कम्पनीमाथि नै मुद्दा दायर गरेका छन् । उनले औषधी बिक्रेता कम्पनीका एक कर्मचारीको गल्तीका कारण आफ्नो विवाहित जीवन नै बर्बाद भएको भन्दै मुद्दा दायर गरेका हुन् ।

माइकल फेनबर्ग नामका ती व्यक्तिले केही समयदेखि न्यूयोर्कको मेरिक रोडस्थित सिविएस फार्मेसीबाट औषधी किन्ने गर्थे । अन्य औषधीका साथमा उनले यौन शक्तिवर्धक भिएग्रा पनि किन्थे । तर उनले भिएग्रा किनेको उनकी श्रीमतीलाई थाहा थिएन । फेनबर्गले औषधी किन्दा भिएग पनि किन्थे तर भिएग्राको बिल छुट्टै बनाउँथे ।

फेनबर्गले फार्मेसीका कर्मचारीलाई पनि आफूले भिएग्रा किनेको विवरण आफ्नो बीमामा नजोड्न भनेका थिए । एक दिन फेनबर्गकी पत्नीले औषधीका लागि स्टोरमा फोन गरिन् । स्टोरका कर्मचारीले पनि ती महिलालाई अन्जानमै यो जानकारी दिए कि उनका पतिले भिएग्राको पनि अर्डर दिन्छन् । पत्नीले यो कुरा थाहा पाएपछि विवाह तोडिदिइन् ।

फेनबर्गको आरोप छ कि कम्पनीले उनको व्यक्तिगत गोप्यताको उल्लंघन गर्दै यो जानकारी दिएको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन् । कम्पनीको कारण आफ्नो विवाह टुटेको मात्र नभइ आफूलाई मानसिक र भावनात्मक नोक्सानी भएको र यसको भरपाइ कम्पनीले गर्नुपर्ने फेनबर्गको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्