पुटिन भन्छन्ः युरोपेली युनियन फुटाउन चाहन्नौँ

अष्ट्रिया भ्रमणअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश युरोपेली युनियनलाई कमजोर बनाउने पक्षमा नरहेको बताएका छन्।आफूहरु ‘एकताबद्ध र समृद्ध’ युरोपेली युनियनको पक्षमा रहेको पनि पुटिनले बताए। उनले युरोपलाई आफ्नो सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदार समेत भनेका छन्।

भ्लादिमिर पुटिन

‘इयुमा जति समस्या हुन्छ, हाम्रा लागि जोखिम र समस्या पनि उत्तिकै बढ्छ,’ पुटिनले भने, ‘हामीले इयुसँग सहकार्य गर्न जरुरी छ। हाम्रो इयुलाई विभाजित तुल्याउने उद्देश्य छैन।’

सिरिया, युक्रेनलगायतका विषयमा इयु र रुसबीच अनेकौँ असहमति छन्। यद्यपि युरोपको एक तिहाई पेट्रोलियम पदार्थ रुसबाट आउने गर्छ र यो निरन्तर बढिरहेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्