‘सेक्स गुरु’ ओशो नाकाम र उनकी अंगरक्षको जबानी

बीबीसी / ह्गूल मिल्ल सुरुवाती दिनमा ‘सेक्स गुरु’ भनिने भगवान श्री रजनीशका चेला बनेका थिए। तर, प्रेम र दयामा आधारित समाजको उनको सपना तासको घरजस्तै भयो। अनलाइन प्लेटफाम नेटफ्लिक्सले हालै मात्र ‘वाइल्ड वाइल्ड काउन्ट्री’ नामक एक डकुमेन्ट्री सिरीज बनाएको छ। सिरीजमा रजनीशको आश्रमबाट अमेरिका शिफ्ट हुनु पर्नाको कारण देखाइएको छ।

अमेरिकाको ओरेगन प्रान्तमा ६४, ००० एकड जग्गामा रजनीशका हजारौं समर्थकले एउटा आश्रम बनाएका थिए। त्यसपछि पाँच वर्षसम्म आश्रमका मानिससँगको तनाव, कानुनी विवाद, हत्याको कोशिश, चुनावी षड्यन्त्र, हतियारको तस्करी, विष दिएको आरोप जस्ता विषय आइरहे।
विष दिएको मामिला त अमेरिकाको इतिहासको सबैभन्दा ठूलो ‘बायो–टेरर’ आक्रमण मानिन्छ।

एडिनबराका स्थानीय ह्युग मिलले ९० रोल्स रयस कारकालागि चर्चित रहेका रजनीशसँग एक दशक गुजारेका थिए। यो मामिलामा रजनीशले ह्युगलाई प्रोतिर गरे। उनकी गर्लफ्रेण्डसँग सुते अनि उनलाई कठीन श्रममा लगाए। वर्षौंसम्म ह्युग मिलले भगवान रजनीशका अंगरक्षकका रुपमा काम गरे। अंगरक्षकका रुपमा ह्युगको काम के थियो भने शिष्यलाई ओशोले छुन नपाउन्। ह्युग जुन समय रजनीशसँग थिए, त्यो बेला रजनीशको आश्रम विस्तारको समय थियो। रजनीशका समर्थकको संख्या यो बीचमा २० देखि ३० हजार भएको थियो।

ह्युग भन्छन्, ‘ती २० हजार केवल म्यागेजीन किन्ने मात्र थिएनन्। यी ती व्यक्ति थिए जसले रजनीशकालागि आफ्नो घर परिवार छोडेका थिए। उनीहरु हप्तामा विना कुनै मजदूरीकालागि ६० देखि ८० घण्टासम्म काम गर्थे। रजनीशकालागि उनीहरुको समपर्ण यस्तो हदसम्म थियो।’
ह्युग अहिले ७० वर्षका भएका छन्। उनको जन्म स्कटल्याण्डको ल्यानाकमा भएको थियो। तर उनी एडिनबरामा हुर्किएका थिए।
१०७३ मा अस्टियोप्याथ ९मांसपेशी र हड्डीसँग सम्बन्धित मेडिकल साइन्स० को आफ्नो तालिम पूरा गरेर ह्युग भारत गएका थिए। त्यतिबेला उनको उमेर २५ वर्षको थियो।

रजनीशको प्रचवन अडियो क्यासेटमा सुनेर ह्युग प्रभावित भए। ‘जब तपाइँ कुनै प्रभावशाली व्यक्तिसँग भेट्नुहुन्छ, तब उनको तपाइँको अस्तित्वमाथि गहिरो असर पर्छ,’ ह्युगले भने। यद्यपी ह्युग स्वामी शिवमूर्तिको नाम सुनेर भारत भएका थिए। ह्युग भन्छन्, ‘मलाइ के लाग्यो भने उहाँ कित अद्भूत,समझदार, दयालु र चैतन्यशील व्यक्ति थिए। म उहाँको चरणमा बस्न चाहन्थे र उहाँबाट धेरै कुरा सिक्न चाहन्थेँ।’ ह्युगले भगगान रजनीशका बारेमा ‘द गड द्याट फेल्ड’ नामक पुस्तक पनि प्रकाशित गरेका छन्।

रजनीशको १९९० मा मृत्यु भएको थियो। मृत्यु हुनु केही वर्ष पहिला उनले ‘ओशो’ नाम अपनाएका थिए। ह्युग मिलका अनुसार ओशो एक यस्ता ‘बहुरुपी’ थिए, जो मानिसको आवश्यकता अनुसार आँफूलाई पेश गर्थे। ‘आमने–सामनेको भेटमा रजनीश पूरै मनभित्रको कुरा बुझेर भविष्यको विषयमा पनि बताउनुहुन्थ्यो,’ उनले भने।

आमने–सामनेको भेटवार्तालाई रजशीनको आश्रममा ‘दर्शन’ भनिन्थ्यो। त्यतिबेला ह्युगोलाई भारतमा जीवन बिताउन सजिलो भएको थिएन र उनी तनावमा थिए। सुरुवाती १८ महिनामा रजनीश ह्युगको गर्लफ्रेण्डसँग सुत्थे। र उनलाई भारतको सबैभन्दा गर्मी ठाउँमा खेतमा काम गर्न पठाए। ह्युगको उमेर त्यतिबेला ४० भन्दा माथि थियो। रजनीश विहान चार बजे आफ्ना महिला शिष्यलाई ‘विशेष दर्शन’ दिने गर्थे।

रजनीशलाई केही हदसम्म सेक्स गुरु यसकारण पनि भनिन्थ्यो किनभने उनी सार्वजनिक प्रवचनमा सेक्स र अर्गेजमको उल्लेख गरिरहेका हुन्थे।
उनी महिला शिष्यसँग सुत्छन भन्ने कुरा सबैलाई थाहा थियो। ह्युगले आफूलाई रजनीशसँग इष्र्या हुन थालेको र त्यही कारण आफूले आश्रम छाड्ने विचार गरेको बताए। तर फेरि भित्री मनले भन्यो, ‘ कतै न कतै राम्रो दिनकालागि यो सबै भइरहेको होला।’

ह्युग भन्छन्, ‘मलाइ थाहा थियो उनी सेक्स गुरु हुन्। हामी सबैलाई सेक्स गर्न छुट थियो। एकैजनासँग मात्रै सेक्स गर्ने मानिस त्यहाँ निकै कम थिए। यो कुरा १९७३ भन्दा अगाडिको हो।’ ह्युगका अनुसार रजनीशको विशेष दर्शनपछि आफ्नी गर्लफ्रेण्डसँगको उनको सम्बन्ध नयाँ उचाइमा पुग्यो। तर धेरै दिनसम्म सम्बन्ध रहन सकेन। किनभने रजनीशले ह्युगलाई गर्लफ्रेण्ड भन्दा ४०० मिल टाढा पठाएका थिए। जब ह्युग फेरि आए तब उनी रजनीशकी निजी सचिव माँ योग लक्ष्मीको अंगरक्षक बने।

दर्शन गर्ने अवसर प्राप्त नभएपछि एक शिष्याले माँ लक्ष्मीमाथि आक्रमण गरेकी थिइन्। त्यसपछि लक्ष्मीले उनलाई अंगरक्षकको काम गर्न भनिन्। ह्युगलाई भगवान रजनीशको हिफाजन गर्न पनि भनियो। भनिन्छ, रजनीशलाई शिष्यलाई आफूसम्म आउनलाई रोक्न हुने पक्षमा थिएनन्।


प्रतिक्रिया दिनुहोस्