प्रचण्डको घरबेटी‘ ठेकेदार’लाई पनि कारबाही हुन्छ : बादल

काठमाडौं / गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले छोटो अवधिमा विकास र संवृद्धि हासिल गर्न सुशासन आवश्यक भएको बताए ।

गृहमन्त्री थापाले तस्करी, ठगीलाई नियन्त्रणमा आफू गम्भीर रहेको बताए । यतायातको क्षेत्रको सिन्डिकेट, तस्करीलाई निस्तेज गर्न ठोस कदम, सुन तस्करी र हुन्डि कारोबार, माफियातन्त्रलाई तोड्ने ठोस कदम लगायतको काम गृहन्त्रालयले गरेको पत्रकारसम्मेलनमा गृहमन्त्रीले दाबी गरे । उनले वैदेशीक रोजगारीमा ठगी गर्ने विरुद्ध ठोस कदम चालिएको बताए ।

गृहमन्त्री थापाले ठेक्का लिएर काम पूरा नगर्ने ठेकेदारलाई नछाड्ने चेतावनी दिए । ‘पूर्वाधार निर्माणको काम दिएको कयौं ठेक्का पुरा भएको छैन’ मन्त्री थापाले भने ‘ठेकेदारहरु जसले सयममा काम पुरा गर्दैनन् त्यसलाई कारबाही गरिन्छ ।’ गृहमन्त्री थापाले ५ सय परियोजना मध्ये तीन सय भन्दा धेरै अलपत्र छोडिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा गरेका छैनन् । गृहन्त्री थापाले भने‘घरधनी, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानून नमान्ने र राज्यलाई धोका दिए कारबाही हुन्छ ।’ नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् उनले लिएका ठेक्का कयौ‌ काम समयमा गरेका छैनन् ।

गृहमन्त्री थापाले निर्माण क्षेत्रमा हुने भ्रष्टाचारलाई सहन नसकिने बताए । सडक र भौतिक मन्त्रालयसँग तालमेल गरेर विकासका कामलाई समयमा पुरा गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्