प्रियंका चोपडाले आफूभन्दा सानो विदेशीलाई ब्वाईफ्रेन्ड बनाएपछि आमा चिन्तित

एजेन्सी / प्रियंका चोपडा आफूभन्दा १० वर्ष सानो अमेरिकी गायक निक जोनाससँग अफेयर गरेर मिडियामा छाएकी छन् । दुवैजनालाई धेरैचोटि डिनर डेटदेखि लिएर सार्वजनिक स्थानहरूमा लुटपुटिएको देखिएको छ । प्रियंकाको जीवनमा आएको यो व्यक्तिका विषयमा उनकी आमा मधु चोपडाले बयान दिएकी छन् ।

प्रियंकासँग कुनै विदेशीको बिहे हुने कुरा आफूले सोच्न पनि नसक्ने उनले बताइन् । मधुले भनिन्, ‘म एक विदेशीसँग प्रियंकाको बिहेको कल्पना पनि गर्न सक्दिनँ । पति र पत्नी एउटै संस्कृतिको भएमा जीवन काट्न सहज हुन्छ जस्तो लाग्छ ।’

मधुले प्रियंका र निकको अफेयरको खबर झुटो भएको उनले बताइन् । यो अफवाह मात्र भएको उनको भनाइ छ ।उनले भनिन्, ‘प्रियंकाले पर्फेक्ट जोडी पाइन र बिहे नै नगर्ने निर्णय गरी भने पनि म उनलाई समर्थन गरिरहन्छु । प्रियंकाले बिहे गर्दिनँ भनी भने पनि म आपत्ति गर्दिनँ ।’ निक जोनास अमेरिकी गायक र संगीतकार हुन् । उनी जम्मा २५ वर्षका भए । म्युचुअल फ्रेन्डमार्फत प्रियंकाले उनलाई भेटेकी हुन् ।

 


प्रतिक्रिया दिनुहोस्