ट्याक्टर दुर्घटनामा चालकको घटनास्थल मै मृत्यू, सहचालक घाइते

-पदम श्रेष्ठ

ताप्लेजुङ, २३ जेठ / ताप्लेजुङको सदरमुकामबाट पाथिभरा याङवरक गाउँपालिका तर्फ वालुवा लिन जाँदै गरेको ९५६६ नंम्वरका ट्याक्टर वुधवार दिउँसो अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यू भएको छ भने सहचालक गम्भिर घाईते भएका छन ।

                                                फाइल तस्विर

मेचि राजमार्ग अन्र्तगत कावेली खोला तर्फ वालुवा लिन जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सोहि गाउँपालिका वडा नं १ वस्ने २१ वर्षिय चालक मिलन सुनुवारको घटनास्थल मै मृत्यू भएको हो ।

यसैविच दुर्घटनामा परि सोही ट्याक्टरमा सहचालकको काम गर्ने सोहि ठाउँका सरन लिम्बु र किरण लिम्बुको हात र खुट्टामा चोट लागेको प्रहरी चौकि मेवाखाले जानकारी दिएको छ । घाईतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भैरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्