सुनको मूल्य ५८ हजार २ सय पुग्यो

काठमाडौँ / बिहिबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । छाँपावाला सुन प्रति तोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा ५८ हजार एक सय रुपैयाँ प्रति तोला थियो ।

तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार नौ सय रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो कारोबारमा ७६५ रुपैयाँ प्रतितोला थियो ।


प्रतिक्रिया दिनुहोस्