फोनमा आयो यस्तो विज्ञापन, क्लिक गर्नासाथ गयो २० लाख रुपैयाँ

एजेन्सी / हामीले फोनमा विभिन्न वेबसाइट, एप चलाउँदा विभिन्न विज्ञापनहरु आउँछन् । हामीले कतिपय विज्ञापन जानेरै क्लिक गर्छौं, केही विज्ञापनमा भने झुक्किएर पनि क्ल्कि गरिन्छ । यही चक्करमा मुम्बइका एक व्यक्तिले पूरै १२ लाख ५५ हजार भारु अर्थात नेपाली २० लाख ८ हजार रुपैयाँ गुमाएका छन् ।

आश्चर्यको कुरा त के भने जुन व्यक्तिलाई उल्लु बनाएर यति ठूलो रकम चुना लगाइयो ती व्यक्ति एक बैंकर हुन् । अझै आश्चर्यको कुरा उनले यो सबै रकम बैंकमार्फत नै दिएका हुन् । यी व्यक्तिको फोनमा एक डेटिङ साइटको विज्ञापन आएको थियो । एक सुन्दर युवतीसँग डेटिङ जाने लोभमा ती व्यक्तिले विज्ञापनमा क्लिक गरे र फटाफट आफ्ना व्यक्तिगत जानकारी त्यसमा भरे ।

ती व्यक्तिले आफ्नो नाम, उमेर, फोन नम्बर साइटको अनलाइन फर्ममा भरेपछि तत्कालै उनलाई तान्या नामकी युवतीको फोन आये । ती युवतीले बताइन् साइटको तर्फबाट एक सुन्दर युवतीसँग डेटिङ जाने अवसर दिइएको छ । ती युवतीले उनलाई डेटको तयारीको लागि सुरुमा केही पैसा बुझाउनुपर्ने र यो पैसा पछि फिर्ता दिइने बताइन् ।

तान्याले ती व्यक्तिलाई फाइभ स्टार होटलमा जानको लागि उनले किस्तामा ३ लाख ४० हजार रुपैयाँ बुझाउनुपर्ने बताइन् । ती व्यक्तिले कोलकाताका शुभेन्दु मण्डल नामका व्यक्तिको खातामा रकम जम्मा गरेको प्रहरीलाई बताएका छन् । त्यसपछि उनलाई अर्की युवतीको फोन आयो । अर्की युवतीको नाम मिनी थियो । ती युवतीले बताइन् कि साइटको तर्फबाट एक अर्की युवतीसँग डेटमा जाने अफर दिइएको छ । उनले साइटले दिएको खाता नम्बरमा थप १ लाख २० हजार रुपैयाँ जम्मा गराए ।

तेस्रोपटक उनलाई साइटको तर्फबाट फोन आयो । फोनमा उनले ५ लाख २४ हजार रुपैयाँ जम्मा गरेमा उनको सबै पैसा फिर्ता हुने भनियो । ती व्यक्तिले बेवकुफीमा फेरि पनि पैसा दिए । तर उनलाई एक पैसा पनि पफिर्ता गरिएन । उता डेटिङ साइटको तर्फबाट पैसाको माग लगातार बढिरहेको थियो । एक हप्ता बितिसक्दा पनि उनको डेटको व्यवस्थापन गरिएन । त्यसपछि भने उनलाई शंका हुन थाल्यो ।

जब ती व्यक्तिले साइटमा फोन गरेर आफ्नो पूरै पैसा फिर्ता चाहिएको र आफ्नो एकाउण्ट डिलिट गर्न चाहेको बताए । त्यसपछि उनलाई अर्की युवतीको फोन आयो । यी युवतीको नाम रुशी थियो । उनले भनिन् एकाउण्ट डिलिट गर्नको लागि २ लाख रुपैयाँ थप तिर्नुपर्ने हुन्छ । ‘मिड डे’को रिपोर्टअनुसार यसपटक भने उनले पैसा दिन अस्वीकार गरे । त्यसपछि साइटवालाहरुले उनलाई धम्की दिन सुरु गरे । उनले दुई लाख रुपैयाँ नदिए साइटको नियमअनुसार पैसा नतिरेको मुद्दामा अदालतमा तान्ने बताए ।

डरका कारण उनले २ लाख पनि थिए । यस्तै गर्दा गर्दै उनले त्यो नक्कली कम्पनीलाई पूरै १२ लाख ५५ हजार दिइसकेका थिए । अब भने उनलाई थाहा भइसकेको थियो कि उनको पूरै पैसा डुबिसकेको छ । उनले यो कुरा आफ्नी श्रीमतीलाई बताएपछि श्रीमतीले प्रहरीमा जान सल्लाह दिइन् । प्रहरीले भारतीय दण्ड विधान र साइबर क्राइमसम्बन्धी धाराअनुसार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्