निर्देशक पोमोको निर्देशनमा ‘तिमी भित्र भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक [भिडियो सहित]

काठमाण्डौँ, २७ जेठ / चर्चित गायिका मेलिना राई र सुजन तिङ्गेलाको स्वरमा ‘तिमी भित्र भित्रै’ बोलको नयाँ गीत मेलिना राईको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। जानु काम्बाङ लिम्बुको शब्द रहेको गीतमा गायक सुजनकै संगीत रहेको छ।

निर्देशक पोमोको निर्देशनमा तयार भएको भिडियोमा क्रिश्टिना थापा र दिपान्शु थापाको अभिनय रहेको छ। अर्जुन तिवारीले छाँयाङकन गरेकोको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ।

तेन्जु योन्जन र युगल पोमोको करियोग्राफी रहेको भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन्। सार्वजनिक उक्त गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ भने किशोर थापाले गीतलाई मिक्सिङ गरेका छन्।

                                                              -भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://youtu.be/QESSpSOvy_0

 

 


प्रतिक्रिया दिनुहोस्