स्पेनेली नागरिक मृत भेटिए

भक्तपुर / नेपाल भ्रमणमा रहनुभएका एक स्पेनेली नागरिकको आज मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–५ तेलकोटबाट पैदल चाँगुनारायणतर्फ जाने क्रममा स्पेनेली नागरिक ७२ वर्षीया मेर्सेडस मर्ट अचानक बेहोस हुनुभएको थियो । उहाँको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, चाँगुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर नगरपालिका– १० कमलविनायक बस्ने ३५ वर्षीय पलमान गिरीले आज आफ्नै छोराको हत्या गरेका छन् । गिरीले १२ वर्षीय छोरा प्रतिकलाई छुरा हानेर घाइते बनाएका थिए । उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । प्रहरीले पहलमानलाई पक्राउ गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्