फिफा विश्वकप ३ दिन बाँकी,मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

मस्को , / विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०१८ सुरु हुन अब ३ दिन बाँकी छ मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जित रहेको छ । ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३-० ले हराएको छ ।

फाइल तस्बिर

ब्राजिलको जितमा उसका तीन फरवार्ड खेलाडीहरु नेयमार ग्याब्रियल जेसस र फिलिप कौटिन्होले गोल गर्न सफल भए । जेससले ब्राजिललाई खेलको ३६ औं मिनेटमा अग्रता दिलाउन सफल भएका थिए। पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल रह्यो । ६३ औं मिनेटमा नेयमारले अग्रता दोब्बर पारे ।

नेयमारले अघिल्लो खेलमा क्रोएसियाविरुद्ध पनि गोल गरेका थिए । त्यस्तै खेलको ६९ औं मिनेटमा कौटिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित परेका हुन् । विश्वकपको दाबेदार मानिएको ब्राजिल समूह ‘ई’ मा सर्बिया, स्विट्जरल्यान्ड र दक्षिण कोरियासँग रहेको छ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्