डोनाल्ड ट्रम्प र किम जोङ उन एकसाथ रेस्टुरेन्टमा पुग्दा [भिडियो सहित]

रोचक / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच ऐतिहासिक भेटघाट हुँदैछ । जुन १२ तारिखका दिन यी दुई नेताहरुबीच सिङ्गापुरमा हुने ऐतिहासिक मिटिङबाट निस्किने परिणामलाई अहिले विश्वका नेताहरुले पर्खिएर बसेका छन् । उत्तर कोरियालाई आणविक निशस्त्रीकरण गर्ने र आर्थिक रुपमा समृद्ध पार्न के कति गर्न सकिन्छ भन्ने विषयमा यी दुई नेताहरु बीच प्रमुख छलफल हुने छ ।

विश्वको टाउको दुखाई भैरहेको उत्तर कोरियाको आणविक शक्तिलाई कसरी हुन्छ नियन्त्रण गर्नुपर्ने दाउमा अमेरिका लगायतका देशहरु एकमत भएका छन् । यो सिङगापुर समिटको चर्चा चल्नु पूर्व अमेरिकी रष्ट्रपतिको समेत टाउको दुखाई भएको उत्तर कोरियाको आणविक शक्ति अबको बार्ताले समाधान गर्ने विश्वास विश्व समुदायले लिएको छ ।

यी दुई शक्तिशाली राष्ट्रप्रमुखहरुबीच हुने भेटघाट कस्तो होला, यी दुई नेताहरु मिटिङमा कसरी प्रस्तुत होलान, भेटमा एकले अर्कोलाई कसरी अभिवादन गर्लान जस्ता अडकलबाजीमा अहिले कतिपय मानिसहरुले आफ्नो प्रतिक्रिया दिएर सामाजिक सञ्जाल भरिएको छ । यसै सिलसिलामा किम जोङ उन र डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भैरहेको छ।

डेनिस अलान र होवार्ड नामका दुई व्यक्तिहरु क्रमश: ट्रम्प र किम बनेर चाइल्ड क्रयाब समिट नाम दिएको एकसी फुड रेस्टुरेन्टमा खिचिएको भिडियो अहिले भाइरल भएको हो । दुई नेताहरुले रेष्टुरेण्टमा साँच्चैको  गङ्टा (क्रयाब)को परिकार खाँदै गरेको दृश्यलाई उक्त रेस्टुरेन्टमा उपस्थित अन्य ग्राहकहरुले आफुसँगै फोटो खिचाउन तछाडमछाड गरेका थिए । हेर्नुहोस, ट्रम्प र उनले रेष्टुरेन्टमा गङ्टाको परिकार खाइरहदा उपस्थित अरु ग्राहकहरुको मनोभाव ।

                                                             -भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्