संसारको नजर अडिएको ट्रम्प र किम जोंग बीचको अभूतपूर्व ऐतिहासिक वार्ता हुँदै

किम जोंग उनसँग भेट गर्नु ठिक अघि अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीट गरेका छन् जसमा यो बैठकका लागि ट्रम्पको आशंकाको झलक पाइन्छ । ट्रम्पले लेखे, ‘स्टाफ र प्रतिनिधीबीचको बैठक राम्रै चलिरहेको छ तर अन्त्यमा त्यसले त्यती महत्व राख्दैन । तर यो भेटघाटमा कुनै वास्तविक सम्झौता हुन्छ हुँदैन भन्ने बारे हामी सबैले निकै चाँडै थाहा पाउनेछौं । ’बीबीसी

किमका लागि सिंगापुरमा उत्साहः

आशंका आ–आफ्नो ठाउँमा छ तर आशा पनि कम छैन । १८ महिना अघिसम्म एक अर्कालाई हमलाको धम्की दिइरहेको देशले सँगै मिलेर शान्तीको मार्ग प्रशस्त गरुन् भन्ने सबैको चाहना छ । त्यसकारण सोमबार जब किम जोंग उन सिंगापुर घुमिरहेका थिए तब त्यहाँका मानिसहरुले उनलाई देखेर अत्यधिक उत्साहित भए ।

किमले पनि सिंगापुरवासीलाई निराश बनाएनन् । उनले मुस्कुराउँदै, हात हल्लाएर उनीहरुलाई अभिवादन गरे । ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि ‘एक पटकको अवसर’ भएको बताएका छन्। शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्