“तारेभिर” पश्चात “यस्तो एउटा प्रेम कहानी” मा रेखा

-अरुण पोष्ट संवाददाता

काठमाडौं, २९ जेष्ठ / पहिलो पटक चलचित्र तारेभिर मार्फत नेपाली चलचित्र जगतमा उदाएकी नायीका रेखा लिम्बु यो पटक यस्तो एउटा प्रेम कहानीमा फरक भुमिकामा देखिँदै छिन् । चलचित्र तारेभिरमा सुन्दर रुप र उत्कृष्ट अभिनयको कारण निकेै चर्चा बटुलेकी यी नायीका त्यस पछि अन्य चनचित्रमा अफर आए पनि नगरेकी बताउँछिन् । उक्त समय उनि बढी जसो म्युजिक भिडियो र फेसन शोहरुमै ब्यस्त रहिन् । उनले लिम्बु र नेपाली गरि झण्डै दुइ दर्जन बढि म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

शिव श्रेष्ठको निर्माण तथा दिपेश साप्कोटाको निर्देशनमा बन्दै गरेको यो चलचित्रको ८० प्रतिशत छांयाकन सकिएको छ । यो चलचित्र नेपालको बिभिन्न रमणिय ठाउँ काठमाण्डौ, जनकपुर लगायत नेपाल भन्दा बाहिरी देशमा पनि छांयाकन गरिने भएको छ । यो चलचित्रमा रेखाले शिव श्रेष्ठ, मिथिला शर्मा, प्रियंका कार्की, आयुसमान देशराज श्रेष्ठ, सञ्जय कोईराला र वर्षा राउत लगायतका चर्चित कलाकारहरु सँग अभिनय गर्दै छिन् । तारेभिर पस्चात अन्य चलचित्रमा अफर आएपनि नगरेको तर यो चलचित्रमा भने सबै अग्रज कलाकारहरुसँग काम गर्दा केहि सिक्न र नयाँ अनुभव पनि लिन पाइने भएको कारण यो चलचित्रमा काम गरेकी बताउँछिन् ।नायीका रेखाले अभिनय गरेको यो चलचित्र सवै परिवार सँग बसेर हेर्न मिल्ने एउटा पारिवारिक तथा सामाजिक शन्देश बोकेको चलचित्र हो । यस चलचित्रमा एक्सन, लभ, रोमान्स, लगायत सबै कुराहरुलाई समेटिएर बनाइको छ । आशा गरौ यो चलचित्रले राम्रो व्यापार गर्नेछ । यो चलचित्रबाट नायिका रेखा लिम्बुको नाम नेपाली रजथपटमा अझ चुलिएर जाओस शुभकामना्।


प्रतिक्रिया दिनुहोस्