सन्यास फिर्ता,पछीको विश्व कप सबैभन्दा ठूलो दबाब – लियोन मेस्सी

मस्को, / बार्सिलोनाका  सुपर स्टार लियोन मेस्सी बार्सिलोनाबाट क्लबका लागि अधिकांश उपाधि जितिसकेकाले अहिले सम्मकै सबैभन्दा ठूलो दबाब झेलेका  छन् ।

मेस्सी अहिले सम्मकै उत्कृष्ट खेलाडी  भन्ने बहस बेला बेला चल्ने गरेको छ । अर्जेन्टिनी  राष्ट्रपति खेलाडी माथि आशावादी भइरहँदा  सबैभन्दा ठूलो दबाब मेस्सीमा  नै छ । पाँच पटक सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डीओर जितिसकेका  मेस्सीले अहिले सम्म देशका लागि महत्वपूर्ण उपाधि जित्न सकेका छैनन् । उनको कप्तानीमा सन् २०१४ को विश्व कप फाइनल पुगेको अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । उनको निराशा त्यतिमा टुंगिएन । २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा उनको टोली दुवै पटक फाइनलमा पराजित भएको थियो ।

टोलीको कप्तान रहेका  मेस्सीको लागि यो विश्व कप जित्ने अन्तिम मौकाका रुपमा पनि हेरिएको छ । ओलम्पिकको स्वर्ण पदक विजेता समेत रहेका मेस्सीले अहिले सम्म राष्ट्रिय टोलीका लागि १ सय २६ खेलमा ६४ गोल गरिसकेको छन् । उनले राष्ट्रिय टोलीका लागि सफलता दिलाउन नसक्दा सन्यासको घोषणा समेत गरेका थिए । २०१६ मा चिलिसँगको फाइनलका दौरान भएको पेनाल्टी सुटआउटमा मेस्सी पेनाल्टी गोल गर्नबाट चुकेका थिए । त्यसपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे ।

गोल्डेन बल जितेका उनले समर्थकहरुको सुझापमा सम्मानले  सन्यास पनि फिर्ता लिए । फेरि विश्व कप जिताउने सम्भावना एकपटक उनलाई प्राप्त भएको छ ।मेस्सीले यसअघि तीन पटक विश्व कप खेलिसकेको छन् । २ पटक सेमिफाइनल भन्दा अघि बढ्न नसकेको अर्जेन्टिना पछिल्लो पटक फाइनल पुगेको थियो । ब्राजिलमा भएको विश्व कपमा मारियो गोट्जेको गोलमा जर्मनी च्याम्पियन बनेर फर्कियो भने अर्जेन्टिना निराश बन्न पुग्यो । यद्दपी व्यक्तिगत रुपमा मेस्सीको प्रदर्शन सम्झनालायक थियो । तर, टोलीलाई विश्व कप जिताउन नसक्दा उनको प्रदर्शन छायाँमा पर्यो ।

 

उनी एक्लो त्यस्ता खेलाडी हुन् , जसले खेलको नतिजा उल्टाउने क्षमता राख्दछन् । मेस्सी जस्तो सुकै परिस्थितिबाट पनि बल नियन्त्रण गर्न सक्ने, गोल गर्न र पास मिलाउनमा माहिर मानिन्छन् । उनीलाई सधै देशका महान खेलाडी डिएगो म्यारोडोनासँग तुलना गरिन्छ । अर्जेन्टिनाले यसपटकको विश्व कपको समूह चरणमा क्रोएसिया, नाइजेरिया र आइसल्यान्डको सामना गर्नेछ । उच्च फर्ममा रहेका मेस्सी ला लिगाका ३६ खेलमा ३४ गोल गरेर रसिया पुगेका थिए ।

चार वर्षअघि उनले  थिए । यसपटक पनि उनीबाट व्यक्तिगत रुपमा उच्च प्रदर्शनको आशा गरिएकै छ । व्यक्तिगत क्षमता कीर्तिमानीलाई हेरेर विश्व कप जित्न सक्ने एक्लो कोहि व्यक्ति छ भने त्यो मेस्सी नै हो मानिनेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्