साढे ३३ किलो सुनकाण्ड: बाजेको सेकुवामा प्रहरीकोको छापा

काठमाडौं, ३० जेठ /  ३३ किलोसँगै तस्करीको ३८ क्विन्टन सुन प्रकरणको छानबिनका लागि गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको समितिले राजधानीका विभिन्न स्थानमा संचालनमा रहेको बाजेको सेकुवामा छापा मारेको छ।

सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का मामा नाता पर्ने चेतन भनिने चेतनाथ भण्डारीले सञ्चालन गर्ने बाजेको सेकुवा पसलमा सुन प्रकरणको छानबिन समितिले बुधवार छापा मारेको हो ।

समितिले काठमाडौंको बत्तिसपुतली र सोह्रखुट्टेमा रहेको बाजेको सेकुवा कर्नरमा छापा मारेको हो । सुन तस्करीसँग सम्बन्धित कागजात र सामानहरू रहेको आशंकामा समितिले पसलमा छापा मारेको हो । छापा मारेपछि पसल शिल गरिने समितिका एक सदस्यले बताए । गृह मन्त्रालयको छानबिन समितिका अनुसार गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न थिए ।

समितिका अनुसार चेतनले सुनमा लगानी गर्ने तथा तस्करी गरेर ल्याएको सुन व्यवस्थापन गर्ने काम गर्दथे । सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका भण्डारी भने फरार छन् । अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानी कर्ता मोहनकुमार अग्रवाल र अर्का प्रतिवादी राजेन्द्र शाक्यको आरके ज्वेलेर्सको तीन वटा शाखामा छापा मारेको थियो।

 

 

 


प्रतिक्रिया दिनुहोस्