अचार तथा फलफुल प्रशोधन तालिम

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको सान्थाक्रामा अचार तथा फलफुल प्रशोधन तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङको आयोजनामा मेरिङ्देन गाउँपालिका वडा नं. २ सान्थाक्रामा तालिम भएको हो ।

उक्त अचार तथा फलफुल प्रशोधन तालिमसम्बन्धी १० दिने तालिमको मेरिङ्देन २ का वडाध्यक्ष केदारजंग लिम्बूले उद्घाटन गर्नुभएको छ । तालिममा स्थानीय स्तरमा पाइने फलफुल प्रशोधन तथा अचारका परिकार सम्बन्धी तालिम प्रदान गरिने उद्योग अधिकृत सुनिल आचार्यले जानकारी दिनुभयो ।

यसैबीच ग्रामीण विकास प्रशिक्षण केन्द्र झापाको सहयोगमा ताप्लेजुङको फुङ्लिङमा सञ्चालित तीन दिने महिला नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्वकला हस्तान्तरण गर्ने उद्देश्यले सञ्चालित तालिममा निर्वाचित महिला जनप्रतिनिधिलाई बोल्ने सहितका कला सिकाइएको थियो । तालिम उपयोगी भएको फुङ्लिङ नगरपालिका ५ की वडाध्यक्ष भीमादेवी ओझाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्