फिफा विश्वकप – १ दिन बाँकी रहदा स्पेनका प्रशिक्षक बर्खास्त 

मस्को, / नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ ।

लोपेटुइगीले रियल म्याड्रिडको प्रशिक्षकको भुमिका स्विकारेपछि स्पेनिस टोलीले उनलाई बर्खास्त गरेको हो । लोपेटुइगीले रियल म्याड्रिडसंग तीन वर्षको सम्झौता गरेका थिए । रियल म्याड्रिडलाई तीन पटक च्याम्पियन्स लिग जिताएपछि जिनेदी जिदानले सो पद छाडेका थिए ।

अकस्मात आएको यस खबरले विश्व फुटबललाई नै आश्चर्यचकित बनाएको छ । विश्वकपमा दाबेदार मानिएको स्पेन समूह ‘बि’मा पोर्चुगल, इरान र मरोक्को संग रहेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्