स्पेनमा हिएरो नयाँ प्रशिक्षक नियुक्त,भोलि पोर्चुगलको सामना गर्दै

मस्को, / रियल म्याड्रिडका पूर्व कप्तान फर्नान्डो हिएरोलाई स्पेनले नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

विश्व कप सुरु हुन एक दिन मात्र बाँकी रहँदा जुलेन लोपेटुइगीलाई बर्खास्त गरेपछि स्पेनले हिएरोलाई प्रशिक्षक नियुक्त गरेको हो । भोलि स्पेनले पोर्चुगलको सामना गर्दै विश्व कपको सुरुवात गर्नेछ । ५० वर्षे हिएरोले रियलबाट तीन वटा च्याम्पियन्स लिग जितेका थिए । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्