धारीलो हतियार प्रयोग गरी श्रीमानको हत्या

ताप्लेजुङ संबाददाता

ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी श्रीमतिले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । फक्ताङलुङ गाउँपालिका ६ बस्ने अन्दाजी २५ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी आफ्नै पति वर्ष २४ का दुर्गा लिम्बुको हत्या गरी फरार भएको प्रहरीले बताएको छ ।

घटनाका विषयमा स्थानीयले बुधबार प्रहरी चौकी तापेथोकमा टेलिफोन मार्फत जानकारी गराएपछि घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटनास्थल पुग्न तापेथोकबाट तीन घण्टा लाग्ने प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्