वाईसियल र युवा संघको एकता अन्तिम चरणमा

काठमाडौ । नेकपा कम्यूनिष्ठ पार्टि (नेकपा) को युवा संगठन वार्इसिएल नेपाल र युवा संघ नेपालको संयुक्त बैठक सम्पन्न भएको छ । एकता कार्यदलको आयोजनामा पार्टि केन्द्रिय कार्यालय पेरीसडाँडा मा सम्पन्न भएको हो । बैठकमा पार्टि नेता तथा एकता कार्यदलका सदस्य युवा संघ इञ्चार्ज महेन्द्र बहादुर पान्डे को अध्यक्षता ,पार्टि नेता वार्इसिएल नेपालका फ्याक्सन इञ्चार्ज मणि थापा,वार्इसिएल नेपाल अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)को सञ्चालन र युवा संघ अध्यक्ष रमेश पौडेल ले स्वागत मन्तब्य राखेका छन् ।

बैठक लाइ सम्बोधन गर्दै नेता महेन्द्र पान्डेले नेपाल सरकार र नेकपा कम्यूनिष्ठ पार्टि समाजबादको बाटोमा लम्किने ऊद्देश्य लिएर हिड्न सिक्ने प्रयासरत कम्यूनिष्ट सरकारले र नेपाली जनताले यूवा बर्गबाट ठूलो अपेक्षा गरेको बताएका छन् ।

नेकपाका नेता तथा वार्इसिएल नेपाल फ्याक्सन इञ्चार्ज मणि थापाले नयाँ समाजबाद को नेपाली मोडलको थालनि को चरण हाम्रो पार्टि रहेको बेला मा युवा को लागि चुनौती र महत्वपुर्ण अबसर रहेको बताएका छन् । युवाको एकता प्रकृया एकदमै गौन बिषय रहेको बताए । उलने एकता प्रकृयाको अधिकांश एजेण्डा सहमति भैसकेको र केहि दिनमा एकता घोषणा हुने जानकारी समेत गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्