करेन्ट लागेर भारतीय मजदूरको मृत्यु

उर्लाबारी, मोरङ  / मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ । उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घाइते भएका भारत, सीतामढी घर भएका २३ वर्षीय रन्जन कुमारको उपचारका क्रममा मृत्यु भएको हो ।

राति १०:३० बजे मेशिन चलाउने क्रममा करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उहाँको सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवा, मोरङले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्