सलमानसँग काम गर्न प्रियंकाले मागिन् यति धेरै पारिश्रमिक, सलमान आफैं परे चकित

मुम्बइ / प्रियंका चोपडा आफ्नो प्रेम सम्बन्धका साथै सलमान खानसँग फिल्म भारतका विषयमा चर्चामा छिन् । यो फिल्ममार्फत प्रियंका २ वर्षपछि बलिउड कमब्याक गर्दैछिन् । रिपोर्टका अनुसार यो फिल्मका लागि प्रियंकाले निकै ठूलो रकमको माग गरेकी छिन् ।

प्रियंका बलिउडका साथै अब हलिउड स्टार पनि भएकी छिन् । बलिउडमा पुरुष अभिनेताको तुलनामा महिला अभिनेत्रीको पारिश्रमिक निकै कम हुन्छ । यस्तोमा प्रियंका कम्प्रोमाइजको मुडमा पटक्कै नभएको बताइएको छ । यद्यपि फिल्म पद्मावतमा दिपिका पादुकोणले भने शाहिद कपुर र रणवीर सिंहले भन्दा धेरै पारिश्रमिक लिएकी थिइन् ।

मिड डे को रिपोर्टका अनुसार प्रियंकाले फिल्म भारतको लागि १४ करोड पारिश्रमिक माग गरेको बताइएको छ । निकै कुराकानीपछि फिल्म निर्माताले प्रियंकालाई १२ करोडमा राजी गराएको बताइएको छ । यसका साथै प्रियंका बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन बनेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्