चलचित्र किराँत भुमी बाट नेपाली रजतपटमा डेब्यु गर्दै मिना

-अरुण पोष्ट संवाददाता

काठमाडौं, १ अशार / चलचित्र किराँत भुमी बाट झापाकी मिना मादेन लिम्बुले नेपाली रजतपटमा डेब्यु गरेकी छिन् । सुन्दर रुप र कुशल अभिनय गर्ने उनीले लिम्बु, नेपाली गरि दुई दर्जन म्युजिक भिडियो र मेरो अधिकार नामक एक लघु चलचित्रमा अभिनय गरेकी छिन् । अभिनयका साथै निकै राम्रो नृत्य गर्ने उनि कोरियोग्राफर पनि हुन् । उनिले सि जि.टि.आईकन मिस टिन, बिर्ता मिडिया द्धारा आयोजित  मिस टिन पूर्वाञ्चल मिस नेवा लगायत बिभिन्न सुन्दरी प्रतियोगितामा कोरियोग्राफी गरिसकेकी छिन् ।

आकश राइको निर्देशनमा बन्न लागेको यो चलचित्रमा मिना मुख्य भुमिकामा देखिँदैछिन् । यो चलचित्रमा मिना सँगै आकश राई, बोधराज पुरुष शिव भट्टराई, साङ्केन राई र सरु चाम्लिङ राई लगायतको अभिनय रहेनेछ । यो चलचित्र नामले किरात भुमी भए पनि बिशुद्ध नेपाली भाषामा बनिने भएकोछ । यो चलचित्रमा राणाकालका किराँतीहरु माथी हुने शोषण र त्यस बेलाको राजनैतिक अवस्थालाई उर्तान खोजिएकोछ ।

आशा गरौँ बिभिन्न म्युजिक भिडियो र सुन्दरी प्रतियोगिताको कोरियोग्राफी गरिसकेकी मिनाले यो चलचित्रमा कुशल अभिनय गर्नेछिन् । साथै किराँती इतिहाँसलाई समेटिएर बन्न लागेको यो चलचित्रले ब्यापार पनि राम्रै गर्नेछ । यो चलचित्र र मिना मादेन लिम्बुलाई सफलताको शुभकामना ।


प्रतिक्रिया दिनुहोस्