अर्जेन्टिना विरुद्ध आइसल्यान्ड

काठमाडौं /  आज समूह ‘डि’ को पहिलो खेलमा विश्वकप दाबेदार /२०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिना र विश्वकपमा पहिलो पटक भाग लिंदै गरेको आइसल्यान्ड भिड्दै छन् ।

विश्वकपमा छनोट हुन अर्जेन्टिनाले कठिन यात्रा गर्नु परेको लियोनल मेस्सी सम्मिलित अर्जेन्टिना आकर्षक सुरुवात गर्दै बलियो दाबेदारको रुपमा आफूलाई उभ्याउन चाहन्छ । २०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिनाका लागि उसका गोलकिपर रोमेरो र मिडफिल्डर म्यानुयल लान्जिनी घाइते रहेका छन् । आज अग्रपंक्तिमा मेस्सीलाई डि मारिया, गोन्जालो हिग्वाइन र म्याक्सी मेजाको साथ रहने छ ।

अर्को तर्फ, युरोकप २०१६ मा सोचेभन्दा निकै उत्कृष्ट प्रदर्शन गरेको आइसल्यान्ड सोही प्रदर्शन विश्वकपमा दोहोर्‍याउन चाहन्छ । आइसल्यान्डका लागि मिडफिल्डर गिल्फी सिगर्डसनको फिटनेस मुख्य चासोको विषय हुने छ ।

आज विश्वकपका ४ खेल खेलिंदै छन् ,नेपाली समयअनुसार आजको खेल तालिका :-

  • पहिलो खेल – फ्रान्स विरुद्ध अष्ट्रेलिया – ३.४५ बजे
  • दोस्रो खेल – अर्जेन्टिना विरुद्ध अैसल्यान्ड – ६.४५ बजे
  • तेस्रो खेल – पेरु विरुद्ध डेनमार्क – ९.४५ बजे
  • चौथो खेल – क्रोएसिया विरुद्ध नाइजेरिया – १२.४५ बजे

प्रतिक्रिया दिनुहोस्