अर्जेन्टिनाकालागि मेसी बने ‘खलनायक’

एजेन्सी / फिफा विश्व कपको २१ औं संस्करणमा शनिबार अर्जेन्टिना र आइसल्याण्डबीच खेल भयो। यो रोमाञ्चक खेलमा आइसल्याण्डको टिमले अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्दै मेसी एण्ड कम्पनीलाई नराम्रो झड्का दियो। अर्जेन्टिनाकालागि खेलको १९ औं मिनेटमा सर्नेई एग्युएरोले शानदार गोल गर्दै खेलमा अग्रता हासिल गरे। तर त्यसको चार मिनेट पछि ए. फिनबोग्यासोले गोल गरेर आइसल्याण्डलाई १–१ को बराबरीमा पुर्याए।

अर्जेन्टिनाका सुपरस्टार हुन मेसी। र, विश्व कपको इतिहासमा अर्जेन्टिनाको अन्तिम सात गोलमा मेसीका चार गोल शामेल छन्। एक गोलमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मेसी ठूला स्टार हुन्। तर पनि अर्जेन्टिनाका टिमका बाँकी खेलाडीलाई महत्व नदिनु अन्याय हुन्छ। पछिल्ला वर्षमा युरापेली लिगमा एग्युएरो राम्रा स्ट्राइकर साबित भएका छन्। मध्यान्तरसम्म बराबरी भएको उक्त खेलमा अर्जेन्टिनाकालागि दोस्रो हाफमा गोल गर्ने कयौं शानदार मौका प्राप्त भएको थियो। तर सुपरस्टार मेसी यो मौकाको सदुपयोग गर्नबाट चुके।

अर्जेन्टिनाको खेललाई अन्तिमसम्म हेरिसकेपछि के निष्कर्ष निकाल्न सकिन्छ भने उक्त खेलमा सबैभन्दा ठूलो भिलेन मेसी हुन्। आइसल्याण्डले पहिलो खेलमा जुन गोल गर्न सफल भयो त्यसको जति तारिफ गरेपनि कम हुन्छ। अगरसर्जेई एग्युएरोले यदि अर्जेन्टिनालाई सुरुवाती अग्रता नदिएको भए शायद खेलको परिणाम अर्कै हुने थियो।

मेसीले पेनाल्टीलाई मिस गरेर आफ्नो टिमकालागि खेल झन खराब गरे। मेसीको तुलना सधैं रोनाल्डोसँग गरिन्थ्यो। र रोनाल्डोलाई पेनाल्टी किङ भनिन्छ। मेसीले शनिबारको खेलमा आफ्ना फ्यानलाई निरास बनाएका छन्। खेलको अन्तिम दश मिनेटमा अर्जेन्टिनाले गोल गर्ने कयौं अवसर पाएको थियो। तर ती सबै अबसरलाई अर्जेन्टिानाले सदुपयोग गर्न सकेन। मेसीले फ्रिकिकका रुपमा अन्तिम प्रयास पनि गरेका थिए। तर, भाग्यले उनको साथ दिएन।


प्रतिक्रिया दिनुहोस्