मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

अरुण पोष्ट संबाददाता

चितवन, ३ असार / नारायणगढ – मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाँउपालिका ५ मा पर्ने ३ नम्बर पुलमा बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल आज विहान ७ बजे पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार दुईजना युवक पुलबाट करिब १ सय मिटर तल खोलामा खस्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । उनिहरुको सनाखत हुन सकेको छैन् । दुर्घटनाको कारण बारे थप अनुसन्धना भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्