ब्राजिलको टोली ज्यादै बलियो

रोस्टोभ, /  विश्वकपको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिल आज समूह ‘ई’मा आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसंग भिड्दै छ ।

प्रशिक्षक टिटेले आफ्नो सुरुवाती ११ पनि सार्वजनिक गरिसकेका छन् । उनले अग्रपंक्तिमा विलियान, नेयमार र ग्याब्रियल जेससलाई खेलाउने छन् भने फिलिप कौटिन्हो र पौलिन्हो मिडफिल्डमा सुरुवात गर्ने छन् । विश्वकप अघि घाइते भएका ड्यानी एल्भेसको स्थान ड्यानिलोले लिने छन् । अहिले ब्राजिलको टोली निकै फरक र ज्यादै बलियो रहेको छ ।

ब्राजिलले हालै खेलिएको मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३ -० र क्रोएसियालाई २-० ले हराएको थियो । अर्को तर्फ, स्विट्जरल्यान्डको डिफेन्स पनि प्रतियोगितामा बलियो मध्ये एक रहेको छ । उसले आफ्नो पछिल्ला मैत्रीपूर्ण खेलमा जापानलाई २-० ले हराएको थियो भने स्पेनसंग १(१ ले रोकिएको थियो ।

पछिल्लो विश्वकपमा जर्मनीसंग सेमिफाइनलमा ७-१ ले पराजित ब्राजिल यस प्रतियोगितामा आक्रामक रणनीति अंगाल्ने छ र विश्वकप जित्ने अभियान बोकेको उसलाई स्विट्जरल्यान्डको बलियो डिफेन्स चुनौति पनि हुन सक्छ । एजेन्सी

 

 


प्रतिक्रिया दिनुहोस्