स्विट्जरल्यान्डसँग ब्राजिल बराबरीमा रोकियो,

रोस्तोभ अन डन , / प्रमुख  विश्वकप दाबेदार  ब्राजिलले स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको छ ।

पाँच पटकको विश्व कप विजेताका लागि काउटिन्होले २० औं मिनेटमा पेनाल्टी बक्सको बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । साविक विजेता जर्मनी मेक्सिकोसँग  १-० ले हार बेहोरेको छ , फिलिपे काउटिन्होको गोलमा पहिलो हाफमा अग्रता बनाएको थिए ।

स्टेभन जुबेरले ५० औं मिनेटमा बराबरी गोल गर्दै ब्राजिललाई निराश बनाएका थिए । कर्नरबाट आएको बलमा उनले नजिकबाट हेड गोल गरेका थिए । आइसल्यान्डका खेलाडीले लियोन मेस्सीलाई चल्न नदिएको भोली पल्ट ब्राजिलियन स्टार नेयमारलाई पनि स्विट्जरल्यान्डका रक्षकले उच्च प्रदर्शन गर्नबाट रोकेका थिए ।शनिबार पहिलो पटक विश्व कप खेलिरहेको आइसल्यान्डसँग मेस्सीको अर्जेन्टिना पनि १–१ को बराबरीमा रोकिएको थियो ।

समूह इ को यसअघि भएको अर्को खेलमा सर्बियाले कोस्टा रिकालाई १–०ले हराएको थियो । सर्बिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्राजिल र स्विट्जरल्यान्डको समान १ अंक छ । कोस्टा रिका अंक विहिन छ ।


प्रतिक्रिया दिनुहोस्