बेल्जियमको जितमा, लुकाकुको दुई गोल

सोजी, /  समूह ‘जी’ को पहिलो खेलमा बेल्जियमले पानामालाई ३ – 0 ले हराएको छ ।

पहिलो हाफ गोल रहित भए पनि दोस्रो हाफमा बेल्जियम ३ गोल गर्न सफल भएको हो । ड्रायस मर्टेन्सले सुन्दर गोल गर्दै बेल्जियमलाई ४७ औं मिनेटमा अग्रता दिलाए ।

डे ब्रुयनको पासमा लुकाकुले हेडिङ गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यस्तै एडिन हाजार्डको पासमा ७५ औं मिनेटमा फेरी लुकाकुले गर्दै बेल्जियमको जित सुनिश्चित गरेका हुन् । बेल्जियमको जितमा  रोमेलु लुकाकुले २ गोल गरे । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्