विश्वकप छैटौ दिनमा आज हुने खेलहरु र नेपाली समय तालिका

काठमाडौं,/   रसियामा जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ ।

समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसपछि दोस्रो चरणको पहिलो खेलका रुपमा समूह ‘ए’मा पहिलो खेल जितेको आयोजक रसियाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । आयोजकले आजको खेल जित्न सकेको खण्ड नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ ।

अर्को तिर पहिलो खेल उरुग्वेसँग १–० ले गुमाइसकेको इजिप्टले विश्व कपमा अघिल्लो चरणको सम्भावना जोगाउन आजको खेलमा सफल नतिजा निकाल्नु पर्ने हुन्छ । रसियाले उद्घाटन खेलमा एसियाली राष्ट्र साउदी अरेबियालाई ५–० ले हराएको थियो ।

आजका तीन खेलको समय
समूह एच
पहिलो खेल( कोलम्बियाविरुद्ध जापान साँझ ५ : ४५ बजे
दोस्रो खेल( पोल्यान्डविरुद्ध सेनेगल राती ८ : ४५ बजे
समूह ‘ए’
तेस्रो खेल रसियाविरुद्ध इजिप्ट राती ११ : ४५ बजे


प्रतिक्रिया दिनुहोस्